अल्लु अर्जुनले ‘पुष्पा २’को छायांकन सुरु गरे

साउथका सुपरस्टार अभिनेता अल्लु अर्जुन अभिनित हिट चलचित्र ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को आइतबारबाट छायांकन सुरु भएको छ। निर्देशक सुकुमारले चलचित्र ‘पुष्पा द रुल’ का लागि अल्लु अर्जुनको लुक खिच्दै चलचित्रको छायांकन सुरु गरेका हुन् । यो चलचित्रमा अल्लु अर्जुनसहित रश्मिका मन्दाना र फहाद फासिल समेत प्रमुख भूमिकामा छन् ।

चलचित्रको औपचारिक रुपमा अगस्टमा पूजा गरी शुभारम्भ गरिएको थियो । बहुप्रतिक्षित एक्शन ड्रामा चलचित्रको छायांकन सुरु भएको खबर चलचित्रका छायाँकार कुबा ब्रोजेकले इन्स्टाग्राममा एउटा तस्विर शेयर गरेपछि बाहिर आएको हो । निर्माताले पुष्पाको दोस्रो श्रृंखलाको बजेट ४०० करोड भारु हुने जनाएका छन् । पहिलो भाग १९४ करोड भारुमा बनेको थियो ।

Leave a Reply