सलोनको मुख्य भूमिकामा ‘जय हो’ निर्माण गर्दै शोभित बस्नेत

चलचित्र ‘जय हो’को निर्माण घोषणा गरिएको छ । आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्र तिहारको अवसर पारेर निर्माण घोषणा गरिएको हो । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । निर्माण टिमका अनुसार चलचित्रमा सलोन बस्नेत फाइनल भएका छ्न, भने अर्को एक अभिनेता र अभिनेत्री पनि रहने छन् । निर्माण टिमका अनुसार चलचित्रमा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भैरहेको छ ।

हालसम्म चलचित्रको निर्देशक पनि फाइनल गरिएको छैन् । सुरेश न्यौपानेले कथा लेखिरहेकको चलचित्रको पछिल्लो समयका चर्चित निर्देशक नै लिने सोच निर्माण टिमको छ । चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्ने छन। उनीहरु अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

एक्सन लभस्टोरी कथामा निर्माण हुने चलचित्रको एक गीतमा शम्भुजित बास्कोटाको संगीत रहनेछ। अन्य गीतमा संगीतकार फाइनल हुन बाकी रहेको छ। चलचित्रको काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिनेछ । नेपालको छायांकन सकिएपछि चलचित्रको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ ।

Leave a Reply