सत्यमोहन जोशीको शब्द रहेको गीत `माया रानीलाई´ सार्वजनिक

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा ‘माया रानीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विश्वकीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वर छ ।

शताब्दी पुरुषसँग साङ्गीतिक सहकार्यको क्रममा वि.सं. २००१ मा लेख्नुभएको गीत ‘माया रानीलाई’ ७८ वर्षपछि रेकर्ड गराईएको हो । तर, दुर्भाग्य ! गीत रिलिज हुन नपाउँदै उहाँको असामयिक निधन भयो । वाङ्मय शताब्दी पुरुषको गीतको यो पहिलो भिडियो हो । श्रब्यदृष्य तयार गरेर उहाँलाई देखाएपछि सार्वजनिक गर्ने इच्छा हुँदाहुँदै एउटा सपना अधुरै रहेकोे संगीतकार श्रेष्ठले जानकारी गराए ।

राज पोखरेल र प्रकाश अर्यालको छायाङ्कनलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गोल्डेन क्रियशनको च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका छन् ।

Leave a Reply