रामबाबु गुरुङको ‘फूलबारी’ फागुन ५ गते प्रदर्शन हुने

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ चलचित्र ‘फूलबारी’को प्रदर्शन मिति तय भएको छ। मल्टीस्टारर चलचित्रको आगामी फागुन ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो उक्त चलचित्र नेपालसहितका केही मुलुकमा सोही दिन प्रदर्शन हुने भएको छ ।

फागुन ५ गते शुक्रवारका लागि यसअघि दुई चलचित्र ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । उक्त मितिमा अजय देवगण स्टारर बलिउड चलचित्र ‘मैदान’ र मार्भल स्टुडियोको प्रतीक्षित हलिउड चलचित्र ‘एन्ट म्यान द वास्प : क्वान्टमेनिया’ रिलिज हुनेछन् । पारिवारिक कथामा आधारित चलचित्रमा विपिन कार्की, दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका छ । साथै अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

चलचित्रले आमा-बुबा र सन्तानबीचको सम्बन्धको कथा भन्नेछ । चलचित्रको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको चलचित्रलाई मनिष ढकालले निर्माण गरेका हुन्। चलचित्रलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गरेका हुन् । यशोधा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत छ। आमा बनेपछि चलचित्र अभिनयबाट बाहिर रहेकी प्रियंकाले यहि चलचित्रबाट कमब्याक गर्ने छिन् । गत बैशाख २५ गते रिलिज भएको चलचित्र ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् ।

Leave a Reply