‘मिलन’को टिजरमा शिल्पाको प्रेममा सलोन र कुशल

अगामी तिहारको अवसर पारेर कात्तिक १८ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिलन’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट २८ सेकेन्डको टिजरमा प्रेम र विछोडका दृष्यले प्रथामिकता पाएको छ । टिजरमा अभिनेताद्धय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको प्रेम देख्न सकिन्छ ।

टेक पौरखी राई निर्देशित चलचित्र त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गरेका हुन् । चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व रहेको चलचित्र काठमाडौं र कालिन्चोकमा छायांकन भएको हो । प्रविन थापा निर्माता रहेको चलचित्रमा राहुल राईको छायांकन र तारा थापा किम्बे सम्पादन छ ।

Leave a Reply