‘सम्हालिन्छ कहिले मन’ ट्रेलरमा पूजाको प्रेममा आकाश र सोनम

आगामी भदौ १७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको ट्रेलरमा चलचित्रको मुख्य कलाकारहरु नायिका पूजा शर्माको साथमा नायकद्धय आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन् । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको छ । यस चलचित्रबाट गायक समेत रहेका सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् ।

सुदर्शन थापा निर्देशित चलचित्रको छायांकन लण्डन, नेपालको मुस्ताङ र दुबइमा गरिएको छ । एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा छ । अमित बस्नेतको लगानीमा बनेको चलचित्रमा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

Leave a Reply