अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि नीता काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन्। सोमबार बिहान उनको एपेन्डिक्सको शल्यक्रिया भएको हो ।

आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् ।

नीताले केही साता अघि मात्रै ज्योतिष हरिहर अधिकारीसँग विवाह गरेकी थिइन्। उनीहरुले मिलेर निर्माण गर्न लागेको चलचित्र ह्रस्वदीर्घ दशैंपछि छायांकनमा जाने तयारीमा छ ।

Leave a Reply