आलिया भट्टको ‘डार्लिङ्स’को टिजर सार्वजनिक, नेटफ्लिक्समा अगस्ट ५मा प्रदर्शन हुने

बलिउड अभिनेत्री आलिया भट्ट अभिनीत चलचित्र ‘डार्लिङ्स’को टिजर सार्वजनिक भएको छ । चलचित्र अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुँदैछ । डार्क कमेडी चलचित्र ‘डार्लिङ्स’मा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ ।

डार्लिङ्सको टिजर भट्टको भ्वाइसओभरबाट सुरु हुन्छ जसमा उनले द स्कर्पियन र भ्यागुताको कथा बताउँछिन्। टिजरको अन्त्य भट्ट र शेफाली प्रहरी चौकीमा, एक अफिसरसँग कुरा गर्दै गलतफहमी भएको दाबी गर्दै र “हत्या हाम्रो कल्पनामा मात्र थियो” भनी समाप्त हुन्छ। चलचित्रले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गर्छ । उनीहरुको जीवनमा आउने असाधारण परिस्थिति र त्यससँग जुध्न उनीहरुको गरेको प्रयत्नलाई प्रस्तुत गर्छ ।

चलचित्रलाई गौरी खान, आलिया र गौरव वर्माले मिलेर निर्माण गरेका हुन् । चलचित्रको निर्मातामा आलिया पनि छिन् । जसमित के रीनले यो चलचित्रबाट फिचर चलचित्र निर्देशनमा डेब्यु गर्दैछन् ।
चलचित्रको लेखन जसमित र परवेज शेखले गरेका हुन् ।

Leave a Reply