गायिका शर्मीला बर्देवाले ल्याइन् ‘यो मुटुको धड्कन..’

गायिका शर्मीला बर्देवाको ‘यो मुटुको धड्कनले’ बोलको नयाँ गीतको भिडियो शनिबार सार्वजनीक गरिएको छ । गायिका बर्देवाकै च्यानल शर्मीला बर्देवा अफिसियलमार्फत दर्शकमाझ ल्याएको भिडियाको कन्सेप्ट,कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका छन् ।

युकेका बिभिन्न स्थानमा खिचिएको भिडियोमा मोडल द्वय सलिना थापा मगर र सरोज केसी फिचर छन् । पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड जितिरहेका युके निवासी निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह-अबरोहलाई प्रस्तुत गरेका छन् । एसबी म्युजीक वल्र्डको प्रस्तुति रहेको गीतको निर्माता सरोज परियार हुन् भने कल्याण सिंहको कम्पोज छ ।

रबि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् । गीतको मिक्सिङ प्रदिप जोशीले गरेका हुन् भने दिनेश श्रेष्ठको एरेन्ज छ । नवीन निरौलाको कलर ग्रेडिङ्ग रहेको भिडियोमा सुदेश गौचन र नरबहादुर गुरुङ अथिति भूमिकामा छन् । गायिका शर्मीलाले आफ्ना फ्यानहरुका लागि नयाँ कोसेली स्वरुप यो गीत ल्याएको बताएकी छिन् । उनले बिगतमा झै आफ्नो यो गीत पनि दर्शकस्रोताले मन पराउने बिश्वास ब्यक्त गरेकी छिन् ।
हेर्नुस् गीतः-

Leave a Reply