दुई दिनमै हलबाट उत्रियो सौगात र सलोनको ‘घनचक्कर’

गत शुक्रबार असार १० गतेदेखि प्रदर्शनमा आएको सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को प्रदर्शनको दुईदिनमै धेरै हलबाट उत्रिसकेको छ। चलचित्रको व्यापार निकै कमजोर रहेको छ । चलचित्रले दुई दिनमा पाँच लाख रुपैयाँ ग्रस कमाएको छ । ‘घनचक्कर’ कमेडी जनारामा निर्माण भएको हो । गाउँबाट सहर पुगेर डेरा गरी बस्ने बेरोजगार युवाहरुको कथावस्तुमा फिल्म आधारित छ । चलचित्रले पात्रबीचको घम्साघम्सी र पैसाको घनचक्करलाई प्रस्तुत गरेको छ ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ ।

चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

Leave a Reply