‘लाखे’ को डर लाग्दो फर्स्टलुक पोस्टर

मल्टिस्टारर चलचित्र ‘लाखे’ को फर्स्टलुक पोस्टर सार्वजनीक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने चलचित्रको बिहीबार सामाजिक संजालमार्फत डरलाग्दो पोस्टर दर्शक माझ ल्याइएको हो । पोस्टरमा चार जना मुखौटाधारीका साथमा अर्पण थापाको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनीक सँगै चलचित्रबारे कौतुहलता बढेको छ । पोस्टरले ‘लाखे’ सस्पेन्स-थ्रीलरले भरिएको इंगीत गर्दछ ।

सम्राट बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, अर्पण थापा,आर्यन अधिकारी,अनुप बिक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको चलचित्रको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्र सुसन प्रजापतिले खिचेका हुन् ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा, संवाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतमा दीपक बज्राचार्यको संगीत छ । ‘लाखे’ भरपुर मनोरञ्जक बनेको जानकारी निर्देशक सम्राटले दिएका छन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रको टिजर केही समयमै सार्वजनीक गर्ने तयारी निर्माण टिमको छ ।

Leave a Reply