चलचित्र ‘लू’को मंसिरदेखि छायांकन सुरु हुने, संगीतकारमा कालीप्रसाद

नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’मा आधारित हुने सोही शीर्षकमा चलचित्र निर्माण हुने भएको छ । चलचित्रको छायाँकन आउँदो मंसिरबाट सुरु हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको भगीनी संस्था कारो फिल्मस्ले चलचित्र बनाउन लागेको हो । चलचित्रका लागि कारो फिल्मस्ले आधिकारिक अनुमति लिएको छ ।

चलचित्रमा कालीप्रसाद बाँस्कोटाले संगीत दिने भएका छन् । निर्माता निशा खरेल र संगीतकार बाँस्कोटाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बाँस्कोटाले दुई गीत तयार पार्नेछन् ।
उपन्यासकार समेत रहेका पाण्डे र निर्मात्री खरेल मिलेर चलचित्रको पटकथा लेखिरहेका छन् । चलचित्रको कलाकार र प्राविधिक टिम छनौट क्रममा छन् । सबै छनौट भएपछि चलचित्रको मुहूर्त गरिने निर्माण टिमले जनाएको छ ।

Leave a Reply