वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने

वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा शुभमुहुर्त गर्दै वेब सिरिजको निर्माण घोषणा गरिएको छ । यो सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन थालिने छ । आइतबार गरिएको मुहुर्तमा निर्देशक शोभित बस्नेत कलाकार निर शाह, हिउँवाला गौतमको उपस्थिति रहेको थियो ।

रामजी राउतको निर्देशन रहने सिरिजमा निर, शोभित र दयाराम दाहल हिउँवालाका अलवा गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।

वेब सिरिज सन्ध्यालाई सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।

Leave a Reply