जी-बबको ‘फाइनली भेटियो’ मा साराको एक्सन अवतार(भिडियो)

जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फाइनली भेटियो’ बोलको गीतमा जी-बबकै शब्द र बिट याकु बिट्जको रहेको छ । ट्री एन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा नायिका सारा सिर्पाली एक्सन अवतारमा देखिएकी छन् साथै भिडियोमा जि-बब र डेल्विस पनि फिचर्ड छन् ।

माइकल चन्दको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, सिलन लम्सालले सम्पादन ,कलरीङ र भीएफएक्स रहेको छ । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चर्चामा आएका ‘मिलेन लेभल तेरो’ गीतका गायक जी-बब सामाजिक सञ्जालमा भाइरल छन् ।

Leave a Reply