चुनावलाई कारण देखाउँदै आकाश र पूजाको ‘सम्झना बिर्सना’को प्रदर्शन स्थगित

यही जेठ ६ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको निमेष प्रधान निर्देशित चलचित्र ‘सम्झना-बिर्सना’ को प्रदर्शन पोस्टपोन्ड भएको छ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रको बैशाख ३० गते अर्थात् भोलि हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्माण टिमले प्रदर्शन रोकेको हो ।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । चलचित्रका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको चलचित्रको प्रोडक्शन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् ।

चलचित्रको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन भने निर्मातामा रेबिका प्रधान छिन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रमा पूजा र आकाशका साथमा सुनील थापा,शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले साथ दिएका छन् ।

Leave a Reply