अक्षय र मानुषी अभिनित ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको चलचित्र ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित चलचित्रको ट्रेलरमा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन् र शत्रुहरूलाई टक्कर दिइरहेका छन् र मानुषी राजकुमारी संयोगिताको भूमिकामा देखिएकी छन् । अभिनेता सोनू सूदले कवि चन्द्रवरदाईको भूमिकामा देखिने छन् भने संजय दत्तले काका कान्हाको भूमिकामा देखिने छन् । मानव विज सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाइरहेका छन्। उनको भूमिका मोहम्मद घोरीको हुनेछ । यो चलचित्र ३ जुन २०२२ मा तीन फरक भाषा अंग्रेजी, तमिल र तेलुगुमा प्रदर्शन हुनेछ ।

चलचित्रको ट्रेलर १२ औं शताब्दीबाट सुरु हुन्छ, जसमा पृथ्वीराज चौहानको ग्रान्ड एन्ट्री देख्न सकिन्छ । त्यसपछि पृथ्वीराज चौहानलाई दिल्लीको सिंहासनमा राज्याभिषेक गरिन्छ। उता राजकुमार संयोगिता पृथ्वीराजको मायामा डुबेको पर्खाइमा देखिएकी छन् । पृथ्वीराज चौहानलाई युद्ध लडिरहेको र बहादुरीका साथ जितेको देखाइएको छ। मोहम्मद घोरी दिल्ली कब्जा गर्न लड्न तयार छन् र पृथ्वीराज उनको योजना विफल गर्न सहमत छन्। यही बहादुरी र वीरताको कथा चलचित्र ‘पृथ्वीराज’ मा देखाइनेछ । कसरी उसले शत्रुलाई जितेर दिल्लीको सिंहासन बचायो ।

मानुषीको यो डेब्यु चलचित्र हो । चलचित्रका लागि मानुषीले नृत्य र अभिनयसमेत सिकेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्ने यो चलचित्र यशराजको ब्यानरमा निर्माण भएको हो ।

Leave a Reply