ग्रेस इभेन्ट्सले ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२२’ आयोजना गर्दै

राजधानी तथा मोफसलमा विगत ६ वर्ष वर्षदेखि विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ग्रेस इभेन्ट्सले नेपालका विभिन्न प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, धरान, चितवन, झापा लगायतमा ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२२’ आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा सहभागीताका लागि १५ वर्ष उमेर भन्दा माथिका किशोर किशोरी, अनिवार्य रुपमा २०७८ सालको एस्ईई परिक्षा दिएको हुनुपर्ने जसले नेपालका विभिन्न तोकिएको ८ शहरबाट अनलाईन फर्म भर्न सकिने महासचिव कोइरालाले जानकारी गराए ।

आयोजकका अनुसार यस प्रतियोगितामा सहभागीता जनाउन कुनै अडिशन र फर्म शुल्क नलाग्ने तर छनौट भईसकेपछी भने तालिम शुल्कका रुपमा प्रती व्यक्ती रु १५००० बुझाउने पर्ने शर्त राखिएको र बिजेताले पुरस्कार स्वरुप मुस्ताङ भ्रमण गर्ने अवसर, नगद पुरस्कार, राफ्टिङ, परिवारसंग क्यामफायर, गिफ्ट ह्याम्पर लगायतका पुरस्कारहरु प्राप्त गर्ने छ। साथै सम्पूर्ण इच्छुकहरुले दिईएको नम्बर र ठेगानामा आफुले सम्पर्क गरी नाम टिपाउन सक्ने छन् ।

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने किशोर किशोरिले यस् प्रतियोगिताको छनौट चरण मार्फत प्रर्तिस्पर्धा गर्दै एक महिने विशेष तालिम गराई विभिन्न अनुभवी ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ लगायतका प्रशिक्षण तथा ज्ञान उपलब्ध गराईने छ । त्यस लगायत उदघोषण तालिम, फोटोसुट, क्यामफायर, राफ्टिङ, मोटिभेसन क्लास तथा व्यक्तिगत बिकास सम्बन्धी विशेष प्रशिक्षणको व्यवस्था गरिएको ग्रेस इभ्नेण्टसका सिईयो समेत रहेका सुरज थापाले बताएका छन्।

Leave a Reply