केकीको ‘सिल्ली फो’ असार ३१ मा प्रदर्शन हुने

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘सिल्ली फो’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको असार ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा चार पुरुषहरुलाई भैंसीमाथि चढेको देख्न सकिन्छ भने अभिनेत्री केकी अधिकारी खुशी देखिएकी छन् ।

राजबहादुर सानेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वर प्रसाद शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ । चार बदमासको कथामा भन्ने चलचित्रको मुल कथा केकीको वरिपरी घुम्ने बताईएको छ । चलचित्रको सम्पूर्ण छायांकन नेपालगञ्ज आसपास भएको हो ।

रुद्र खनाल प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा मनोज डिके र सह-निर्मातामा विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् । चलचित्रमा दिव्यराज सुवेदी छायाँकार, पुरुषोतम न्यौपाने संगीतकार र रामजी लामिछाने कोरियोग्राफरको रुपमा छन् । ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ जस्ता चलचित्रको निर्देशन गरिसकेका सानेले ‘सिल्ली फो’ को कथा पूर्ण कमेडी रहेको बताएका छन् ।

Leave a Reply